Samajik Feed – News Portal from Nepal

विराटनगर, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई आइतबार प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराएका हुन् ।

आजै मुख्यमन्त्री कार्कीले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाएका छन् । जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखबाट शम्शेर राई र रामबहादुर रानाले पनि मन्त्रीको शपथ लिएका हुन् । मगर एमाले र राई विद्रोही काँग्रेस हुन् । उनीहरूलाई अहिले बिनाविभागीय मन्त्री बनाइएको छ ।

कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी कांग्रेसका ८ सांसदको विद्रोह र एमालेको सहयोगमा मन्त्री बन्न सफल भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *