Samajik Feed – News Portal from Nepal

सुनसरी, २४ असोज । सुनसरीको इटहरीमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । मंगलबार दिउँसो इटहरी उपमहानगरपालिका-३ शान्तिचोकमा को.३१ प ६९४८ नम्बरको मोटरसाइकल र को. २१ प ६४३१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा को.२१ प ६४३१ नम्बरको मोटरसाइकलमा सवार धनकुटाका २६ वर्षीय दीपक मिरिङचिङ मगरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते उनको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका को.२१ प ६४३१ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका को.३१ प ६९४८ नम्बरको मोटरसाइकल चालक र सवार अन्य १ जनाको इटहरी नितान्त क्लिनिकमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *