नेपाल प्रहरीकाे इन्स्पेक्टर र असईमा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौँ, ३ कात्तिक । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई) मा दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै ९६ इन्स्पेक्टर र २६० असईका लागि दरखास्त आह्वान गरेको हो । जनपद प्रहरी समूहतर्फ इन्स्पेक्टर र असई पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा […]
सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ, ३ कार्तिक । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० र चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल र तेजाबी […]
लोकसेवा आयोगद्वारा समावेशी समूहमा कर्मचारी माग (सूचनासहित)

काठमाडौँ, २ कार्तिक । लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आयोगले बिहीबार सूचना जारी गर्दै राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक-प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि कर्मचारी आव्हान गरेको हो । दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार सङ्केत […]
चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात

काठमाडौँ, २ कार्तिक । चीनको भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य किसिमको हृदयघात भएको र छातीमा स्टेन राखिएको उनका स्वकीय-सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन् । बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) शिखर सम्मेलनमा भाग लिन गृहमन्त्री श्रेष्ठ सोमबार चीनको राजधानी बेइजिङ गएका थिए । बुधबार मध्यराततिर छातीमा […]
त्रिकोणात्मक टी–२० सिरिज : नेपालको विजयी सुरुवात

काठमाडौँ, १ कार्तिक । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा यूएईलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जितका लागि १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान रोहित पौडेल ५१, दीपेन्द्रसिंह ऐरी ३४, आसिफ शेख २३, कुशल भुर्तेल १४, कुशल […]
इजरायलद्वारा गाजाको अस्पतालमा आक्रमण, ५ सय जनाको मृत्यु

एजेन्सी । इजरायलले प्यालेष्टाइनको गाजामा रहेको एक अस्पतालमा आक्रमण गर्दा ५ सय जनाको मृत्यु भएको छ । अन्य सयाैँ घाइते भएका छन् । मृत्यु हुनेमा बिरामी र श्वास्थ्यकर्मी र सर्वसाधारण छन् । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो । यस आक्रमणको संसारभर विरोध भइरहेको छ । मुस्लिम देशहरूमा प्रदर्शन […]
इजरायलमा रहेका १८ नेपालीको भारतद्वारा उद्धार

काठमाडौँ, ०१ कार्तिक । भारत सरकारले इजरायलबाट भारतीयसँगै १८ नेपालीको पनि उद्धार गरी नयाँ दिल्ली ल्याइएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ नेपालीहरूको पनि उद्धार गरेको भारतका लागि नेपाली राजदूत शंकर शर्माले जानकारी दिएका छन् । भारतका विदेश मन्त्री डा. एसजयशंकरका अनुसार इजराइबाट २८६ जनाको उद्धार गरिएको हो । ‘अपरेसन विजय’ […]
राैतहट माैलापुरकी मेयर रिना साहको पद गुम्यो

काठमाडाैँ, ३० असोज । राैतहटको माैलापुरकी मेयर रिनाकुमारी साहको पद गुमेको छ । मेयर साहले नेकपा एमाले परित्याग गरेपछि कानुनी व्यवस्थाअनुसार स्वत: उनको पद गुमेको हो । उनी एमाले परित्याग गरी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेकी थिइन् । रिना नेता प्रभु साहकी श्रीमती पनि हुन् । उनी २०७९ वैशाख ३० गतेको स्थानीय […]
आरतीकी आमाको गुनासो– ‘प्रहरीले मलाई भन्यो तिमी इन्डियामा धर्ना दिए पनि हुन्थ्यो’

काठमाडाैँ, २९ असोज । काठमाडौँको माइतीघरमा आरती साहको परिवारजनसँग भएको ज्यादतीको विषयमा मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तले जानकारी लिएका छन् । सोमबार आयोगका अध्यक्ष डा. दत्त वीर अस्पताल पुगेर मृतक आरती साहको परिवारसँग दुई दिनअघि माइतीघर मण्डलामा भएको ज्यातदीको विषयमा जानकारी लिएका हुन् । माइतीघरमा करिब चार महिनादेखि घर्नामा रहेका आरतीका बुवा, आमा तथा […]
मुख्यमन्त्रीद्वारा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण

जनकपुरधाम, २९ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवाप्रवाहबारे जानकारी लिएका छन् । सोमबार बिहान मुख्यमन्त्री यादवले प्रयोगशालाले प्रदान गरेको सेवाबारे चासो सेवाग्राहीसित सेवाप्रवाहबारे जानकारी लिएका हुन् । एउटा मात्र काउण्टर हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको सेवाग्राहीले गरेको गुनासो गरेका थिए । मुख्यमन्त्री यादवले काउण्टरसम्बन्धी समस्या समाधान गर्न […]