Samajik Feed – News Portal from Nepal

एजेन्सी । इजरायलले प्यालेष्टाइनको गाजामा रहेको एक अस्पतालमा आक्रमण गर्दा ५ सय जनाको मृत्यु भएको छ । अन्य सयाैँ घाइते भएका छन् । मृत्यु हुनेमा बिरामी र श्वास्थ्यकर्मी र सर्वसाधारण छन् । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो ।

यस आक्रमणको संसारभर विरोध भइरहेको छ । मुस्लिम देशहरूमा प्रदर्शन भएका छन् । जोर्डनले अमेरिकी राष्ट्रपतिको भ्रमण नै रद्द गरिदिएको छ । आज इजरायल आउन लागेका अमेरीकी राष्ट्रपति बाईडेन जोर्डन समेत जाने तयारीमा थिए । अस्पतालमा आक्रमणको विरोधमा जोर्डनले अमेरिकी राष्ट्रपतिको भ्रमण नै रोकेको हो ।

हमासविरुद्ध युद्धको नाममा इजरायलले गरेको अन्धाधुन्ध हवाई आक्रमणमा २५ सयभन्दा बढी प्यालेष्टाइनी नागरिकको ज्यान गइसकेको छ भने हजारौँ घाइते छन् । अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेपछि युद्ध सुरु भएको हो ।

यो आक्रमणमा इजरायली सेना र नागरिक गरी १४ सय जनाको मृत्यु भएको थियो । यसैबीच संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार राति विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन् । आक्रमणमा परी सयौँ मानिसको ज्यान जाने घटना पूर्ण रूपमा अस्वीकार्य भएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *