Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ०१ कार्तिक । भारत सरकारले इजरायलबाट भारतीयसँगै १८ नेपालीको पनि उद्धार गरी नयाँ दिल्ली ल्याइएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ नेपालीहरूको पनि उद्धार गरेको भारतका लागि नेपाली राजदूत शंकर शर्माले जानकारी दिएका छन् ।

भारतका विदेश मन्त्री डा. एसजयशंकरका अनुसार इजराइबाट २८६ जनाको उद्धार गरिएको हो ।

‘अपरेसन विजय’ अन्तर्गत भारतले आफ्ना नागरिकलाई धमाधम ल्याइरहेको छ । अक्टोबर १३ मा पहिलो पटक भारतले २११ जना नागरिकलाई ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *