Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, २९ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवाप्रवाहबारे जानकारी लिएका छन् ।

सोमबार बिहान मुख्यमन्त्री यादवले प्रयोगशालाले प्रदान गरेको सेवाबारे चासो सेवाग्राहीसित सेवाप्रवाहबारे जानकारी लिएका हुन् । एउटा मात्र काउण्टर हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको सेवाग्राहीले गरेको गुनासो गरेका थिए ।

मुख्यमन्त्री यादवले काउण्टरसम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्रलाई निर्देशन दिएका थिए । त्यसक्रममा डा‍. मिश्रले प्रयोगशालाले दिँदै आएको विभिन्न सेवा तथा यसका लागि जडित उपकरणहरूका विषयमा मुख्यमन्त्री यादवलाई जानकारी दिएका थिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सुलभ दरमा ल्याबसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
प्रदेश सरकारको लगानीमा सञ्चालित उक्त प्रयोगशालाले दैनिक सयौँ टेष्ट गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *