Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ३ कात्तिक । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई) मा दरखास्त आह्वान गरेको छ ।

नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै ९६ इन्स्पेक्टर र २६० असईका लागि दरखास्त आह्वान गरेको हो ।

जनपद प्रहरी समूहतर्फ इन्स्पेक्टर र असई पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।

आगामी मंसिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *