काठमाडौँ, २ कार्तिक । चीनको भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य किसिमको हृदयघात भएको र छातीमा स्टेन राखिएको उनका स्वकीय-सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन् । बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) शिखर सम्मेलनमा भाग लिन गृहमन्त्री श्रेष्ठ सोमबार चीनको राजधानी बेइजिङ गएका थिए ।
बुधबार मध्यराततिर छातीमा अचानक समस्या देखिएपछि उनलाई पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको थियो । प्राप्त जानकारीअनुसार गृहमन्त्री श्रेष्ठको स्वास्थ्यावस्था अहिले खतरामुक्त रहेको छ । तर, चिकित्सकहरूले २४ घण्टासम्म अब्जर्भेशनमा राख्नुपर्ने बताएका छन् ।