काठमाडौँ, १ कार्तिक । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा यूएईलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जितका लागि १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
कप्तान रोहित पौडेल ५१, दीपेन्द्रसिंह ऐरी ३४, आसिफ शेख २३, कुशल भुर्तेल १४, कुशल मल्ल ११ रन बनाएका थिए । आसिफले २७ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । यूएईका अली नासिर र निलान्श केश्वानीले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । नेपालले दोस्रो खेल भोलि हङकङसँग खेल्नेछ ।