भोलि काठमाडौँमा हुने प्रदर्शन शान्तिपूर्ण बनाउन आयोगको आग्रह

काठमाडाैँ, ६ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले भोलि काठमाडौँमा हुन लागेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ । साथै शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा राजधानीमा छुट्टाछुट्टै प्रदर्शन […]
चितवनको भरतपुरमा दुई जनाको शव फेला

चितवन, ६ मंसिर । चितवनको भरतपुरमा बोरामा बाँधेर खोलामा फालिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । बुधबार दिउँसाे भरतपुर महानगरपालिका-१२ मिलनचोकनजिक पुलमुनि बोरामा एक महिला र एक पुरुषको शव भटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे हो । शवकाे सनाखत हुन बाँकी छ । स्थानीयवासीले खोलामा माछा मार्ने क्रममा बोराभित्र शव भेटेएपछि प्रहरीलाई खबर […]
उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकामध्ये एक जनाको मृत्यु

काठमाडौँ, ६ मंसिर । केही दिनअघि मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । घाइतेमध्ये एक जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा.शंकरमान राईले बताएका छन् । २४ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर भएकाले आइसीयूमा राखेर […]
टिकटकमाथि प्रतिबन्ध लगाउनुको लिखित कारण सरकारसँग माग

काठमाडौँ, ५ मंसिर । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको लिखित कारण सरकारसँग माग गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटक प्रतिबन्धविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको हो । साथै, सबै रिट मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि अदालतले आदेश दिएको छ […]
माइतीघर-नयाँ बानेश्वरलाई निषेधित क्षेत्र तोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैँ, ५ मंसिर । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा मंगलबार काठमाडौँ जिल्ला प्रशासनको निर्णयविरुद्ध रिट दिएका हुन् । अधिवक्ता नेपालका अनुसार बुधबारका लागि पेशी तोकिएको छ। प्रशासन कार्यालय काठमाडौँले सोमबार विज्ञप्ति जारी गरी माइतीघर-नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि […]
बारामा झण्डा मेला लगाउने विषयमा झडप, प्रहरीबाट हवाई फायर

बारा, ५ मंसिर । बारामा झण्डा मेला लगाउने विषयलाई लिएर झडप भएपछि स्थित नियन्त्रणमा लिन प्रहरी हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरीले सोमबार राति ८ राउन्ड गोली फायर गरेको हो । पचरौता नगरपालिका–७ बेनौलीमा झण्डा मेला लगाउने विषयमा गाउँका दुई पक्ष गरी सयौँ मानिसबीच विवाद भएको थियो । यस क्रममा […]
१५ वर्षीया किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

बर्दिया, ५ मंसिर । बर्दियामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार गेरुवा गाउँपालिका-६ सोनाहफाँट बस्ने ४० वर्षीय प्रकाश खवासलाई सोमबार दिउँसो पक्राउ गरेको हो । खवासले ती किशोरीलाई ललाई फकाई कात्तिक २८ गते राति सोही ठाउँस्थित खाली गोठमा तथा विभिन्न मिति र स्थानमा जबरजस्ती करणी गरेको […]
छठघाट गएका बेला झापाको एक घरमा लाखाैँको चोरी

झापा, ४ मंसिर । झापाको बाह्रदशीस्थित एक घरबाट लाखौँ रुपैयाँको धनमाल चोरी भएको छ । सोमबार बिहान बाह्रदशी गाउँपालिका–३ राजगढका रञ्जित साहको घरबाट ४ तोला सुन, चाँदी ७ तोला, ट्याब १ थान, स्मार्ट घडी १ थान र नगद समेत गरी करिब ५ लाख १२ हजार रुपैयाँको धनमाल चोरी भएको हो । छठ पर्व मनाउन घरका […]
रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

रुपन्देही, ०४ मंसिर । रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सोमबार ना. ६ ख ८१६१ ट्रकले लु. ४९ प २२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कांग्रेस नेता एवं सहकारी अभियन्ता माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको हो । ट्रकले देवकोटा र क्षेत्रीलाई ड्राइभरटोलमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको रुपन्देही […]
सर्लाहीमा छठ घाटबाट फर्किरहेका बेला गाडीको ठक्कर, एक महिलाको मृत्यु

सर्लाही, ४ मंसिर । सर्लाहीको हरिवनमा गाडीको ठक्करबाट एक छठ व्रतालुको मृत्यु भएको छ । सोमबार बिहान हरिवन नगरपालिका–९ नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको हो । नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किरहेका बेला पोखरेललाई मधेश प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको थियो । महिलालाई ठक्कर दिई […]