Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ५ मंसिर । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको लिखित कारण सरकारसँग माग गरेको छ ।

मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटक प्रतिबन्धविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको हो । साथै, सबै रिट मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि अदालतले आदेश दिएको छ ।

अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपालमा तत्कालका लागि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यो निर्णयलगतै सर्वोच्च अदालतमा झण्डै दर्जन रिट परेका छन्‌ । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको रिटकर्ताहरूको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *