काठमाडाैँ, ५ मंसिर । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा मंगलबार काठमाडौँ जिल्ला प्रशासनको निर्णयविरुद्ध रिट दिएका हुन् ।
अधिवक्ता नेपालका अनुसार बुधबारका लागि पेशी तोकिएको छ। प्रशासन कार्यालय काठमाडौँले सोमबार विज्ञप्ति जारी गरी माइतीघर-नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकिएको उल्लेख गरेको थियो ।
नेकपा (एमाले) को भ्रातृ संस्था युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलमा मंसिर ७ गते छुट्टा छुट्टै प्रदर्शन गर्ने तयारी गरेपछि प्रशासन कार्यालयले यस्तो निर्णय गरेको थियो । प्रशासनले भने दुबै पक्षलाई प्रदर्शन गर्न ठाउँ पनि तोकिसकेको छ। युवा संघले तीनकुनेमा प्रदर्शन गर्ने निर्णय गरेको छ । यता, दुर्गा प्रसाईंका लागि प्रशासनले नख्खुमा प्रदर्शन गर्न अनुमति दिएको छ ।