झापा, ४ मंसिर । झापाको बाह्रदशीस्थित एक घरबाट लाखौँ रुपैयाँको धनमाल चोरी भएको छ ।
सोमबार बिहान बाह्रदशी गाउँपालिका–३ राजगढका रञ्जित साहको घरबाट ४ तोला सुन, चाँदी ७ तोला, ट्याब १ थान, स्मार्ट घडी १ थान र नगद समेत गरी करिब ५ लाख १२ हजार रुपैयाँको धनमाल चोरी भएको हो ।
छठ पर्व मनाउन घरका सबै सदस्य अदुवा खोलाको घाटमा गएका बेला चोरी भएको थियो । घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको झापा प्रहरीले जनाएको छ ।