बारा, ५ मंसिर । बारामा झण्डा मेला लगाउने विषयलाई लिएर झडप भएपछि स्थित नियन्त्रणमा लिन प्रहरी हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरीले सोमबार राति ८ राउन्ड गोली फायर गरेको हो ।
पचरौता नगरपालिका–७ बेनौलीमा झण्डा मेला लगाउने विषयमा गाउँका दुई पक्ष गरी सयौँ मानिसबीच विवाद भएको थियो । यस क्रममा ढुंगामुढा हानाहान तथा झडप भई अवस्था तनावग्रस्त बनेको थियो । त्यसक्रममा केही व्यक्ति घाइतेसमेत भएका छन् ।
पचरौता–७ बस्ने ४० वर्षीया लक्ष्मी पटेल र सोही स्थान बस्ने ४२ वर्षीया चण्डीका पटेललगायत घाइते भएका छन् । अहिले स्थिति सामान्य बनेको छ ।