Samajik Feed – News Portal from Nepal

चितवन, ६ मंसिर । चितवनको भरतपुरमा बोरामा बाँधेर खोलामा फालिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

बुधबार दिउँसाे भरतपुर महानगरपालिका-१२ मिलनचोकनजिक पुलमुनि बोरामा एक महिला र एक पुरुषको शव भटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे हो ।

शवकाे सनाखत हुन बाँकी छ । स्थानीयवासीले खोलामा माछा मार्ने क्रममा बोराभित्र शव भेटेएपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *