Samajik Feed – News Portal from Nepal

सर्लाही, ४ मंसिर । सर्लाहीको हरिवनमा गाडीको ठक्करबाट एक छठ व्रतालुको मृत्यु भएको छ । सोमबार बिहान हरिवन नगरपालिका–९ नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको हो ।

नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किरहेका बेला पोखरेललाई मधेश प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको थियो । महिलालाई ठक्कर दिई चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव पनि घाइते भएका छन् ।

उनको लालगढ अस्पतालमा उपचार भइरहेको छ । सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत सो गाडीले ठक्कर दिएको थियो । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *