पिकनिकबाट फर्किँदै गरेको बस दुर्घटना, तीन जनाको मृत्यु, ३७ जना घाइते

काठमाडौँ, ९ मंसिर । पिकनिक खाएर फर्किँदै गरेकाहरू सवार बस उदयपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ३७ जना घाइते भएका छन् । शनिबार उदयपुरगढी गाउँपालिका–७ अधेरी झर्नानजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका–५ का ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको […]
जसपाले लुम्बिनी प्रदेश र लिम्बुवान राष्ट्रिय समिति पुनर्गठन गर्ने

काठमाडौँ, ९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश समिति र लिम्बुवान राष्ट्रिय समिति पुनर्गठन गर्न लागेको छ । जसपाले गण्डकी प्रदेश समिति र पहिचानका आधारमा बनाइएका समितिमध्येको लिम्बुवान राष्ट्रिय समिति शनिबार पुनर्गठन हुन लागेको जनाएको हो । पार्टीले सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत् संगठन गठन, पुनर्गठन तथा रूपान्तरणको […]
आमाको अगाडि दुई छोरीको बलात्कार र हत्या आरोपमा चार जनालाई मृत्युदण्ड

भारत । भारतको हरियाणामा आमाको अगाडि दुई छोरीको सामूहिक बलात्कार र विषादी खुवाएर हत्या गरेको आरोपमा चार जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । हरियाणाको सोनीपतस्थित फास्ट ट्रयाक अदालतकी न्यायाधीश सुरुचि अतरेजा सिंहले सामूहिक बलात्कार र विषादी खुवाएर हत्या गरिएको बहुचर्चित घटनामा चार अभियुक्तलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएकी हुन् । अदालतले बिहारको दरभंगा मजगही […]
जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल महिला भत्ता वितरण, दुई जनाविरुद्ध मुद्दा

काठमाडौं, ८ मंसिर । एक महिलाको जीवितै रहेका श्रीमानको मृत्यु दर्ता गराई एकल महिला भत्ता दिएको आरोपमा वडासचिवसहित दुई जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । रामेछापको मन्थली नगरपालिका वडा–३ का तत्कालीन वडासचिव शिवकुमार महतोले निर्मला खत्रीसँगको मिलेमतोमा खत्रीको जीवित श्रीमानको मृत्यु भएको भनी बदनीयतपूर्वक एकल महिलाको सामाजिक सुरक्षा भत्ताको परिचय पत्र बनाएको आरोप छ […]
प्रसाईंद्वारा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौँ, ८ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् । भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले सीमित राखेपछि वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दर्ता गराएका हुन् । रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ । बिहीबार राजधानीको […]
प्रसाईँलाई घरबाट निस्किन दिइएन, समर्थकद्वारा विरोध

काठमाडौँ, ८ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट प्रहरीले बाहिर निस्किन नदिएपछि विरोध भएको छ । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईं निवासमै रहँदा परिसरमा बाक्लो संख्यामा परिचालन गरिएको छ भने उनलाई बाहिर निस्किन दिइएको छैन । प्रसाईंलाई घरमै रोकिएपछि उनका समर्थकहरूले विरोध […]
दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप, केही घाइते

काठमाडाैँ, ७ मंसिर । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ समर्थकबीच झडप भएको छ । बिहीबार दिउँसाे झडप भएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । केही सामान्य घाइते हुनुका साथै केहीलाई भने अस्पताल पठाइएको प्रदर्शनकारीहरूले बताएका छन् । प्रसाईंलाई […]
बल्खुमा युवा संघ र दुर्गा प्रसाईँका समर्थकबीच झडप

काठमाडौँ, ७ मंसिर । काठमाडाैँको बल्खुमा राष्ट्रिय युवा संघ र दुर्गा प्रसाईँका समर्थकबीच झडप भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने जाँदै गरेका युवा संघका कार्यकर्ता बल्खु पुगेपछि दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति […]
सिरहाको सन्हैठामा दुई मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु

सिरहा, ६ मंसिर । सिरहाको सन्हैठामा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । बुधबार साँझ सिरहा नगरपालिका–१९ सन्हैठाको नयाँ चोकमा दुर्घटना हुँदा अर्नमा गाउँपालिकाको एउटै वडाका तीन जनाको मृत्यु भएको हो । मृतकहरूमा अर्नमा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ […]
आर्थिक र शैक्षिकस्तरका आधारमा आरक्षणको मापदण्ड तोक्नुपर्छ: यादव

काठमाडौँ ६ मंसिर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनताको शैक्षिक र आर्थिक स्तरका आधारमा समावेशी आरक्षणको मापदण्ड तोक्नुपर्ने सुझाव दिएका छन् । देशमा समावेशीकरण र आरक्षणको मापदण्ड र यसको उपभोग त्रुटिपूर्ण रहेको टिप्पणी गर्दै उनले हालको मापदण्डलाई परिमार्जन गर्नुपर्ने बताए । बुधबार काठमाडौँको पुल्चोकस्थित राष्ट्रिय समावेशी आयोगका पदाधिकारीसँगको छलफलमा अध्यक्ष यादवले भने, ‘हामीले […]