Samajik Feed – News Portal from Nepal

सिरहा, ६ मंसिर । सिरहाको सन्हैठामा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

बुधबार साँझ सिरहा नगरपालिका–१९ सन्हैठाको नयाँ चोकमा दुर्घटना हुँदा अर्नमा गाउँपालिकाको एउटै वडाका तीन जनाको मृत्यु भएको हो । मृतकहरूमा अर्नमा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेश सिंह छन् ।

त्यस्तै अर्नमा गाउँपालिका–५ कै १५ वर्षीय युवराजकुमार यादव गम्भीर घाइते छन् । उनलाई उपचारका लागि विराटनगर पठाइएको छ ।

हुलाकी सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स. २ प ४७३१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *