काठमाडौँ, ८ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट प्रहरीले बाहिर निस्किन नदिएपछि विरोध भएको छ । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईं निवासमै रहँदा परिसरमा बाक्लो संख्यामा परिचालन गरिएको छ भने उनलाई बाहिर निस्किन दिइएको छैन ।
प्रसाईंलाई घरमै रोकिएपछि उनका समर्थकहरूले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका हुन् । उनीहरूले भक्तपुरको सानोठिमी सल्लाघारीको मुख्य सडक अवरोध गरेका छन् । भक्तपुरस्थित प्रसाईंको निवासमा नेपाल प्रहरीको स्पेसल टास्क फोर्स परिचालन गरिएको छ ।
प्रहरी परिचालनपछि प्रसाईं घरबाट बाहिर निस्किन सकेका छैनन् । प्रसाईंले आफू होम एरेस्टमा रहेको बताएका छन् । प्रशासनले भने प्रसाईँले तीनकुनेमा प्रदर्शन गर्न अनुमति नलिएको र जबरजस्ती गरे धरपकड हुने स्पष्ट पारिसकेको छ ।