काठमाडौँ, ९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश समिति र लिम्बुवान राष्ट्रिय समिति पुनर्गठन गर्न लागेको छ । जसपाले गण्डकी प्रदेश समिति र पहिचानका आधारमा बनाइएका समितिमध्येको लिम्बुवान राष्ट्रिय समिति शनिबार पुनर्गठन हुन लागेको जनाएको हो ।
पार्टीले सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत् संगठन गठन, पुनर्गठन तथा रूपान्तरणको काम बाँकी रहेका प्रदेश समिति र राष्ट्रिय समिति पुनर्गठन हुन लागेको जसपाले जनाएको छ । पोखरामा गण्डकी प्रदेशको पुनर्गठन हुनेछ ।
त्यस्तै, लिम्बुवान राष्ट्रिय समिति पाँचथरको फिदिममा पुनर्गठन हुनेछ । गण्डकीमा प्रदेश इन्चार्ज शिवलाल थापा र लिम्बुवान राष्ट्रिय समिति पुनर्गठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ जाने जसपाले जनाएको छ ।