Samajik Feed – News Portal from Nepal

प्रधानमन्त्री कप महिला टी-२० मधेश छनोट खेलको तालिका सार्वजनिक

जनकपुरधाम, १७ मंसिर । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको मधेश छनोट खेलको तालिका सार्वजनिक गरिएको छ । मधेश प्रदेश क्रिकेट संघले आइतबार छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । दुई समूह बनाएर हुन लागेको प्रतियोगितामा प्रत्येक समूहमा तीन-तीन जिल्लालाई राखिएको छ । समूह ए मा सप्तरी, रौतहट र महोत्तरी छन् । त्यस्तै, समूह बी मा […]

मधेश प्रदेशमा लागूऔषधविरुद्धको अभियान सुरु

जनकपुरधाम, १७ मंसिर । मधेश प्रदेशमा लागूऔषधविरुद्धको अभियान सुरु भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार महोत्तरीको बर्दिबासमा लागूऔषधविरुद्धको अभियानको उद्घाटन गरेका हुन् । त्यसक्रममा उनले यो अभियानलाई सहयोग गर्न अभिभावकहरूसँग आग्रह पनि गरे । ‘अभिभावकले आफ्नो सन्तानको निगरानी गर्नुपर्छ, उनले भने, ‘आफ्नो सन्तानको निगरानी गरेपछि लागूऔषध दुर्व्यसनी संख्या घटनेछ । छोरा घरबाट निस्किने र […]

लहानस्थित एक साइकल स्टोर्समा भीषण आगलागी

सिरहा, १७ मंसिर । सिरहाको लहानस्थित एक साइकल स्टोर्समा भीषण आगलागी भएको छ । आज दिउँसाे लहान नगरपालिका ३ स्थित सुनिलकुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा आगलागी भएको हो । आगलागीबाट लाखाैँको क्षति भएको छ । आगलागी नियन्त्रणमा लिन प्रयास जारी छ । samajik_feedsamajikfeed.com

कपिल शर्मा र सुनिल ग्रोवर पुन: एक साथ

भारत । भारतका चर्चित कमेडियन कपिल शर्मा र सुनिल ग्रोवर पुन: एक साथ देखिने भएका छन् । ६ वर्षअघि भएको झगडालाई बिर्सेर कपिल र सुनिल पुन: एक साथ नयाँ शोमा आउन लागेका हुन् । नेटफ्लिक्सको अपकमिङ शोमा दुवै जनासँगै देखिदैँछन् । नेटफ्लिक्सले यो खबरलाई औपचारिक रूपमा शेयर गरेको छ । एउटा भिडियोमा कपिलको साथमा सुनिल […]

बुवाको हत्या अभियोगमा एक जना पक्राउ

नवलपरासी पूर्व, १७ मंसिर । नवलपरासी पूर्वको मध्यबिन्दुमा बुवाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मध्यबिन्दु नगरपालिका–१० टाँडीमा ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको अभियोगमा छोरा ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । रूपेशले कुचोको डाँठले हिर्काउँदा गम्भीर घाइते भएका होम बहादुरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा […]

क्रिकेट च्याम्पियन मधेशका खेलाडीले यसरी उचाले कप (फोटो फिचर)

पोखरा, १५ मंसिर। त्रिभुवन आर्मी क्लबलाई हराउँदै मधेश प्रदेशले केपी ओली कप टी–२० प्रतियोगिताको उपाधि उचालेको छ । मधेश प्रदेशले शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । प्रतियोगिताको उपाधि विजेता मधेशले नगद पाँच लाख रुपैयाँ, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार प्राप्त गरेको छ । […]

केपी ओली कप क्रिकेट: मधेश प्रदेशलाई उपाधि, आर्मी पराजित

पोखरा, १५ मंसिर। त्रिभुवन आर्मी क्लबलाई हराउँदै मधेश प्रदेशले केपी ओली कप टी–२० प्रतियोगिताको उपाधि जितेको छ । मधेश प्रदेशले शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ३५ रन […]

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर २०२३’ को उपाधि

काठमाडाैँ, १५ मंसिर । नेपालकाे प्रभु बैंकले सन् २०२३ को ‘बैंक अफ दि इयर’ को अन्तर्राष्ट्रिय उपाधि पाएको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका दि बैंकरले सन् २०२३ को बैंक अफ दि इयरबाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । बैंकले विज्ञप्ति जारी गरी ‘बैंक अफ दि इयर-२०२३ को उपाधि प्राप्त गर्न […]

इजरायल र हमासबीच पुन: युद्ध सुरु

एजेन्सी । इजरायल र हमासबीच पुन: युद्ध सुरु भएको छ । युद्धविराम सम्झौताको एक सातापछि आक्रमण सुरु भएको हो । हमासको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार दक्षिणी गाजा क्षेत्रमा हवाइ हमला भएको छ । उत्तरी गाजा क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएको बीबीसीले जनाएको छ । गाजा सहरको उत्तर–पश्चिममा पनि गोलीको आवाज सुनिएको बताइएको छ […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा २, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घटाइयो

काठमाडाैँ, १४ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो । निगमले बिहीबार विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रुपैयाँ डिजेल तथा मट्टीतेलमा चार रूपैयाँ घटाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले […]