काठमाडाैँ, १४ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो ।
निगमले बिहीबार विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रुपैयाँ डिजेल तथा मट्टीतेलमा चार रूपैयाँ घटाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको छ ।
निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ १२ पैसा र डिजेलमा चार रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। त्यस्तै खाना पकाउने ग्याँसमा २१ रुपैयाँ १४ पैसा बढाएर पठाएको छ। तर निगमले ग्याँसको भाउ यथावत् राखेको छ। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँलाई तीन वर्गमा विभाजन गरी लागू गरेको छ ।
