Samajik Feed – News Portal from Nepal

पोखरा, १५ मंसिर। त्रिभुवन आर्मी क्लबलाई हराउँदै मधेश प्रदेशले केपी ओली कप टी–२० प्रतियोगिताको उपाधि उचालेको छ । मधेश प्रदेशले शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

प्रतियोगिताको उपाधि विजेता मधेशले नगद पाँच लाख रुपैयाँ, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार प्राप्त गरेको छ । उपविजेता टोली आर्मीले दुई लाख ५० हजार, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार प्राप्त गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा एक सय २४ रन मात्र बनाउन सकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *