नवलपरासी पूर्व, १७ मंसिर । नवलपरासी पूर्वको मध्यबिन्दुमा बुवाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
मध्यबिन्दु नगरपालिका–१० टाँडीमा ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको अभियोगमा छोरा ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
रूपेशले कुचोको डाँठले हिर्काउँदा गम्भीर घाइते भएका होम बहादुरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको अरूणखाला प्रहरीले चौकीले जनाएको छ ।