एनसेल सेयर प्रकरण: संसदीय समितिमा प्रधानमन्त्रीसँग छलफल गरिने

काठमाडौँ, २२ मंसिर । राज्य व्यवस्था तथा सुशासन समितिले प्रधामन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छलफल गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको सभापति रामहरि खतिवडाले जानकारी दिएका हुन् । सांसद राजेन्द्र पाण्डेले एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई समितिमा बोलाएर सोधपुछ गनुपर्ने बताएका थिए । प्रशासनिक […]
स्रोत नखुलेको रकमसहित वीरजञ्जमा एक जना पक्राउ

पर्सा, २२ मंसिर । स्रोत नखुलेको रकमसहित वीरजञ्जमा एक जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ५ लाख रूपैयाँसहित भारत पुर्वी चम्पारण घर भएका २१ वर्षीय रिकेश कुमार बिहीबार साँझ पक्राउ परेका हुन् । प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले बीआर ०५ यु ३४१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई […]
बलिउड अभिनेता जुनियर महमुदको निधन

मुम्बई । बलिउड अभिनेता जुनियर महमुदको निधन भएको छ । पेटको क्यान्सरबाट पीडित ६७ वर्षीय महमुदको गएराति मुम्बईस्थित निवासमा निधन भएको हो । महमुदको आज अन्तिम संस्कार गरिनेछ । उनको वास्तिविक नाम भने नईम सैयदको हो । उनले ‘हात्ती मेरो साथी’, ‘कारवां’ र ‘मेरो नाम जोकर’ जस्ता धेरै चर्चित फिल्ममा अभिनय गरेका छन् । उनको […]
यू-१९ एसिया कप क्रिकेट भोलिबाट सुरु हुँदै, नेपाल र पाकिस्तान भिड्ने

यूएई । एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने एसीसी यू–१९ एसिया कप शुक्रबारदेखि सुरु हुँदै छ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने प्रतियोगिताको यस संस्करणमा नेपालसहित कुल आठ टिमको सहभागिता छ । प्रतियोगिताका सबै खेल यूएईका तीन मैदानमा हुनेछन् । एसीसीले प्रतियोगिताको लागि आईसीसी क्रिकेट ओभल–१, आईसीसी क्रिकेट ओभल–२ र दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान चयन […]
सिम्रौनगढका शिक्षक आन्दोलनमा, सबै सामुदायिक विद्यालयको पठनपाठन ठप्प

बारा, २१ मंसिर । बाराको सिम्रौनगढका सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । लामो समयदेखि तलब सुविधा नपाएको भन्दै आन्दोलनरत शिक्षकहरूले नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प गरिदिएका हुन् । शिक्षक तथा कर्मचारीहरूले ४ देखि १४ महिनासम्मको तलब पाएका छैनन् । सेवा सुविधाको माग गर्दै शिक्षक तथा कर्मचारी दुई महिनादेखि नगरपालिकाको मूलगेटमा धर्ना बस्दै […]
भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीसहित ६ जना रिहा

काठमाडौँ, २१ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित सन्दीप रायमाझीसहित ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने रायमाझीसहित ५ जना र साधारण तारेखमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन र रामशरण केसी पनि छन् । सन्दीप […]
विराटनगरमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो

विराटनगर, २१ मंसिर । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । हिजो १ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो भने १ जनाको आज बिहान काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । काठमाडौँमा मृत्यु हुनेमा विराटनगर–६ की सुनिता कामत रहेकी छिन् । […]
केपी ओली कपको उपाधि जित्ने मधेश क्रिकेट टिमलाई प्रदेश सरकारले पाँच लाख दिने

जनकपुरधाम, २० मंसिर । मधेश सरकारले केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित हासिल गरेको मधेश प्रदेश टिमलाई प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ । बुधबार मधेश भवनमा मधेश क्रिकेट टिमका खेलाडी एवं पदाधिकारीहरूलाई मुख्यमन्त्री सरोजकुमार यादवले सम्मान गर्दै यस्तो घोषणा गरेका हुन् । मुख्यमन्त्री यादवले प्रदेशका खेलाडीहरूलाई सुविधा दिएर हरेक जिल्लामा […]
काठमाडौँमा करिब सात किलो अवैध सुन बरामद्

काठमाडौँ, २० मंसिर । काठमाडौँमा करिब सात किलो अवैध सुन बरामद् भएको छ । काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्यूरोडस्थित एक कारखानाबाट करिब ७ किलो अवैध सुन बरामद् गरेको छ । प्रहरीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउसमेत गरेको छ । ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको रहेको कारखानामा छापा मार्दा सो परिमाणमा […]
उपप्रधानमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना

काठमाडाैँ, २० मंसिर । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ । मुटुमा समस्या देखिएपछि गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा एन्जियोप्लास्टी सर्जरी सकिएपछि चिकित्सकहरूले उनलाई कम्तिमा पाँच दिनसम्म अस्पतालमै राख्नुपर्ने बताएका हुन् । अहिले उनलाई सघन उपचार कक्षमा राखिएको छ । असोजको अन्तिम साता उनी मित्रराष्ट्र गणतन्त्र चीनको भ्रमणमा रहेको […]