Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, २० मंसिर । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ ।

मुटुमा समस्या देखिएपछि गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा एन्जियोप्लास्टी सर्जरी सकिएपछि चिकित्सकहरूले उनलाई कम्तिमा पाँच दिनसम्म अस्पतालमै राख्नुपर्ने बताएका हुन् । अहिले उनलाई सघन उपचार कक्षमा राखिएको छ ।

असोजको अन्तिम साता उनी मित्रराष्ट्र गणतन्त्र चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फार्कसन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो ।

गंगालाल हृदय केन्द्रमा डा.अरुण मास्केसहित चिकित्सक टोलीले केही अवरोध रहेको भागमा राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरेको थियो ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पतालले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बिहानै अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *