काठमाडौँ, २० मंसिर । काठमाडौँमा करिब सात किलो अवैध सुन बरामद् भएको छ । काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्यूरोडस्थित एक कारखानाबाट करिब ७ किलो अवैध सुन बरामद् गरेको छ । प्रहरीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउसमेत गरेको छ ।
‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको रहेको कारखानामा छापा मार्दा सो परिमाणमा अवैध सुन बरामद भएको हो । अनुमानित ७ किलो सुन प्रक्रिया पुर्याएर जोख्ने काम सकिएपछि एकिन परिमाण आउनेछ ।
बरामद् सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ ।