Samajik Feed – News Portal from Nepal

पर्सा, २२ मंसिर । स्रोत नखुलेको रकमसहित वीरजञ्जमा एक जना पक्राउ परेका छन् ।

वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ५ लाख रूपैयाँसहित भारत पुर्वी चम्पारण घर भएका २१ वर्षीय रिकेश कुमार बिहीबार साँझ पक्राउ परेका हुन् ।

प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले बीआर ०५ यु ३४१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *