Samajik Feed – News Portal from Nepal

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाँणलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ, २८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो । खाँणलाई ३० लाख धरौटीमा छाड्ने आदेश दिइएको छ । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मङ्सिर […]

कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी

धनगढी, २८ मंसिर । कञ्चनपुरको महेन्द्रनगरमा राजा महेन्द्रको शालिक स्थापना गर्ने वा नगर्ने विषयले तनाव सृजना भएको छ । तनाव सृजना भएपछि स्थानीय प्रशासनले एक सातासम्मका लागि भन्दै निषेधाज्ञा जारी गरेका छन् । भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने वा नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरूबीच मतभिन्नता हुँदा तनाव […]

सिम्रौनगढमा प्रहरीको गाेलीबाट घाइते युवकको मृत्यु

बारा २७ मंसिर । बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका अन्दाजी २४/२५ वर्षका लक्ष्मी मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका हुन् । सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप […]

सिरहाको गोलबजारमा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहा, २७ मंसिर । सिरहाको गोलबजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय १८ वर्षीय रामरिझन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो । बुधबार गोलबजार नगरपालिका–५ स्थित खेतमा रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोड्ने क्रममा करेन्ट लागेको थियो । samajik_feedsamajikfeed.com

टिकटकसम्बन्धी रिट निवेदन आज पनि हेर्न नभ्याउने

काठमाडौँ, २७ मंसिर । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन आज पनि हेर्न नभ्याउनेमा परेको छ । बुधबार सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको हो । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अधिवक्ता अनन्तराज लुइँटेल, फर्सुराम पाण्डे, वरिष्ठ अधिवक्ता […]

मिटर ब्याजसम्बन्धी आयोगले सरकारलाई प्रतिवेदन बुझायो

काठमाडौँ, २६ मंसिर । अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले प्रतिवेदन तत्काल कार्यान्वयनका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । त्यसक्रममा आयोगका सदस्यद्वय उत्तमराज सुवेदी […]

लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चल्यो

ललितपुर, २६ मंसिर । ललितपुरको झम्सीखेलमा गोली चलेको छ । मंगलबार नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका अविनाश राई छन् । घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर […]

एनसेलविरुद्ध सांसद् डा. सिंहले दिएको रिटमा आज सुनुवाइ

काठमाडौँ, २६ मंसिर । एनसेलविरुद्ध सांसद् डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको सांसद सिंहले रिट निवेदनमा दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् । शुक्रबार दायर […]

मधेशमा अटोम्याटिक ट्रायल सिस्टम लागू गर्ने मन्त्री सिंहको प्रतिबद्धता

जनकपुरधाम, २६ मंसिर । मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले प्रदेशमा अटोम्याटिक ट्रयाल सेन्टर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री सिंहले नयाँ दिल्लीस्थित अटोम्याटिक ट्रयाल सेन्टरको निरीक्षण गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् । दिल्ली भ्रमणका क्रममा मन्त्री सिंहले त्यहाँका परिवहन मन्त्री कैलाश गहलोतसँग पनि भेटघाट गरेका थिए । उनले आफू अटोम्याटिक ट्रयाल अवधारणा […]

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपा नेपालको निर्णय

काठमाडौँ २५, मंसिर । जनता समाजावादी पार्टीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको हो । बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदबार चयनका […]