काठमाडौँ, २७ मंसिर । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन आज पनि हेर्न नभ्याउनेमा परेको छ ।
बुधबार सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको हो ।
सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अधिवक्ता अनन्तराज लुइँटेल, फर्सुराम पाण्डे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत १४ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा उनीहरूले सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन् ।