Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, २६ मंसिर । मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले प्रदेशमा अटोम्याटिक ट्रयाल सेन्टर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री सिंहले नयाँ दिल्लीस्थित अटोम्याटिक ट्रयाल सेन्टरको निरीक्षण गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

दिल्ली भ्रमणका क्रममा मन्त्री सिंहले त्यहाँका परिवहन मन्त्री कैलाश गहलोतसँग पनि भेटघाट गरेका थिए । उनले आफू अटोम्याटिक ट्रयाल अवधारणा मधेश प्रदेशमा लागू गर्ने योजनासहित आगाडि बढेको बताए । जनसंख्या बृद्धिसँगै शहरहरूमा मानिसहरूको आवतजावत ह्वात्तै बढेको र सवारी साधनको चापलाई मध्यनजर गर्दै अटोम्याटिक ट्रयाल लागू गर्नुपर्ने उनले बताए ।

यो प्रणालीले दुर्घटना न्यूनीकरण हुने र सवारीसाधन गुडाउनेले सावधानी अपनाउने मन्त्री सिंहको विश्वास छ ।

मन्त्री सिंहसँगै मन्त्रालयका सचिव रंजित यादव, शाखा अधिकृत सुनिल साह, मेकानिकल इन्जिनियरसहितको टोली हालै भारतको दिल्ली भ्रमणमा गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *