धनगढी, २८ मंसिर । कञ्चनपुरको महेन्द्रनगरमा राजा महेन्द्रको शालिक स्थापना गर्ने वा नगर्ने विषयले तनाव सृजना भएको छ ।
तनाव सृजना भएपछि स्थानीय प्रशासनले एक सातासम्मका लागि भन्दै निषेधाज्ञा जारी गरेका छन् ।
भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने वा नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरूबीच मतभिन्नता हुँदा तनाव सृजना भएको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि भन्दै महेन्द्रनगर बजारमा बिहीबारदेखि निषेधाज्ञा जारी गरेको हो ।
केही दिनयता राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको शालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरिएको बताइएको छ ।