ललितपुर, २६ मंसिर । ललितपुरको झम्सीखेलमा गोली चलेको छ । मंगलबार नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका अविनाश राई छन् ।
घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको साथबाट पेस्तोलसहित लागूऔषधसमेत बरामद गरिएको रेग्मीले जानकारी दिएका छन् ।