Samajik Feed – News Portal from Nepal

बारा २७ मंसिर । बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका अन्दाजी २४/२५ वर्षका लक्ष्मी मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका हुन् ।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *