Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो । खाँणलाई ३० लाख धरौटीमा छाड्ने आदेश दिइएको छ । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मङ्सिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो ।

१५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कांग्रेस नेता खाणलाई गत असार १ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *