सिरहा, २७ मंसिर । सिरहाको गोलबजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय १८ वर्षीय रामरिझन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो ।
बुधबार गोलबजार नगरपालिका–५ स्थित खेतमा रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोड्ने क्रममा करेन्ट लागेको थियो ।