बारामा ९ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौँ, ४ पुषा । बाराको पथलैयामा ९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । बुधबार बिहान जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट प्रहरीले गाँजासहित मकवानपुरको मनहरी गाउँपालिका घर भएका २१ वर्षीय सुवास मोक्तान र ३० वर्षीय देवराज स्याङताङलाई पक्राउ गरेको हो । उनीहरू सवार मोटरसाइकल चेकजाँच गर्दा ९ केजी गाँजा बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय बाराका […]
तत्कालीन नेसपाका नेता भगवानबाबु साहको निधन

सिरहा, ४ पुष । तत्कालीन नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य भगवानबाबु साहको निधन भएको छ । मंगलबार साँझ सिरहाको मिचैया नगरपालिका–२ मल्हनियाँस्थित निवासमा नेता साहको निधन भएको हो । ७३ वर्षीय साहको हृदयघातका कारण निधन भएको परिवारिक स्रोतले जनाएको छ । समाजसेवी तथा व्यवसायीसमेत रहेका उनी बौद्धिक र शालिन व्यक्तित्व थिए । २०४६ सालमा प्रजातन्त्र […]
स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँ बरामद्

मोरङ, ३ पुष । मोरङको विराटनगरबाट स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँ बरामद् भएको छ । विराटनगर महानगरपालिका–७ स्थित प्रशासन रोडबाट सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले यो रकम बरामद् गरेको हो । रकमसँगै विराटनगर महानगरपालिका–१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई नियन्त्रणमा लिएको छ । प्रहरी साहले प्रयोग गरेको को. १९ प ४४३४ […]
शेयर बिक्री प्रकरण: एनसेलसँग लिखित जवाफ माग

काठमाडाैँ, ३ पुष । सर्वोच्च अदालतले शेयर बिक्री प्रकरणमा एनसेलसँग लिखित जवाफ मागेको छ । मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतले सुनुवाइ गर्दै लिखित जवाफका साथै कारण देखाऊ आदेश जारी गरेका हुन् । दुवै पक्षलाई राखेर छलफल गराउन पुस १६ गतेको पेशी पनि तोकिएको छ । अन्तरिम आदेश जारी गर्नुपर्ने/नपर्ने विषयमा छलफल गर्न विपक्षी एनसेल, आजियाटा […]
अष्ट्रेलियाली क्रिकेटर कमिन्स आईपीएलका महँगा खेलाडी

एजेन्सी । अष्ट्रेलियाली क्रिकेटका तीव्र गतिका बलर प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आईपीएल) का सबैभन्दा महँगा खेलाडी बनेका छन् । सनराइजर्स हैदराबादले कमिन्सलाई इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारु (झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको हो । प्याट कमिन्सले मूल्य न्यूनतम २ करोड भारु राखेका थिए । सुरुमा उनलाई किन्न चेन्नई र मुम्बईबीच […]
हिन्दूराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजका लागि राप्रपाले आन्दोलन गर्ने

काठमाडाैँ, ३ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दूराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजका लागि आन्दोलन गर्ने भएको छ । काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाब सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको प्रवक्ता मोहन […]
बारामा पाँच लाख घुससहित वडा अध्यक्ष पक्राउ

बारा, २ पुष । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष तारा कार्की पाँच लाख घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको हो । वडा अध्यक्ष कार्कीलाई जीतपुरस्थित जैशवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसवापत् […]
त्रिविको दीक्षान्त समारोहमा कीर्तिमानी उपस्थिति

काठमाडौँ, २ पुस । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार ४१५ विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । समारोहमा अभिभावकसहित २६ हजारभन्दा बढी जना सहभागी भएका थिए । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रूपमा उपस्थित सबैभन्दा […]
ठगी गरेको आरोपमा दुबईबाट एक जना पक्राउ

काठमाडौँ, २ पुस । ठगी गरेको आरोपमा इन्टरपोलको माध्यमबाट प्रहरीले दुबईबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले यूएईको दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी प्रालिका सञ्चालकसमेत रहेका सर्लाही जानकीनगर स्थायी ठेगाना भई काठमाडौँको कागेश्वरी–७ बस्ने ४१ वर्षीय कोमलराज उपाध्यायलाई पक्राउ गरेको हो । रोजगारी लगाइदिने बाहानामा भिजिट भिसामा दुबई बोलाई उनले ठगी गरेको प्रहरीले जनाएको छ […]
ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

बाजुरा, २ पुष । बाजुराको बडीमालिकामा ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आइतबार साँझ बाजुराको मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल […]