बारा, २ पुष । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष तारा कार्की पाँच लाख घुस रकमसहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको हो । वडा अध्यक्ष कार्कीलाई जीतपुरस्थित जैशवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसवापत् ५ लाख नगद रकम लिएको प्रहरीले जनाएको छ ।