Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, ३ पुष । सर्वोच्च अदालतले शेयर बिक्री प्रकरणमा एनसेलसँग लिखित जवाफ मागेको छ । मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतले सुनुवाइ गर्दै लिखित जवाफका साथै कारण देखाऊ आदेश जारी गरेका हुन् । दुवै पक्षलाई राखेर छलफल गराउन पुस १६ गतेको पेशी पनि तोकिएको छ ।

अन्तरिम आदेश जारी गर्नुपर्ने/नपर्ने विषयमा छलफल गर्न विपक्षी एनसेल, आजियाटा र नेपाल दूरसञ्चार प्राधिकरण आफैं वा कानुन व्यवसायी वा महान्यायाधिवक्ता कार्यालयमार्फत् इजलासमा हाजिर हुनसमेत अदालतले आदेश दिएको छ।

मलेसियन कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गर्दा कर छली गरेको भन्दै सांसद् डा. अमरेशकुमार सिंहले सर्वोच्चमा परमादेश माग गर्दै रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *