मोरङ, ३ पुष । मोरङको विराटनगरबाट स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँ बरामद् भएको छ ।
विराटनगर महानगरपालिका–७ स्थित प्रशासन रोडबाट सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले यो रकम बरामद् गरेको हो ।
रकमसँगै विराटनगर महानगरपालिका–१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई नियन्त्रणमा लिएको छ । प्रहरी साहले प्रयोग गरेको को. १९ प ४४३४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।