Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ४ पुषा । बाराको पथलैयामा ९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

बुधबार बिहान जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट प्रहरीले गाँजासहित मकवानपुरको मनहरी गाउँपालिका घर भएका २१ वर्षीय सुवास मोक्तान र ३० वर्षीय देवराज स्याङताङलाई पक्राउ गरेको हो ।

उनीहरू सवार मोटरसाइकल चेकजाँच गर्दा ९ केजी गाँजा बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले जनाएका छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *