बाजुरा, २ पुष । बाजुराको बडीमालिकामा ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आइतबार साँझ बाजुराको मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा ट्रयाक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु. ४ त ७३०५ र सु.प. प्र. ०१००२ त ४१०५ नम्बरको ट्रयाक्टरले एकअर्कालाई उछिन्न खोज्दा दुर्घटना भएको हो । लु. ४ त ७३०५ नम्बरको ट्रयाक्टर सडकको माथि पट्टी दुर्घटना भएको र सु.प.प्र. ०१००२ त ४१०५ ट्रयाक्टर खडीगाड खोलामा खसेको थियो । मृत्यु हुने सबै सु.प. प्र ०१००२ त ४१०५ नम्बरको ट्रयाक्टरमा सवार रहेको पनि प्रहरीले जनाएको छ ।