प्रेस मञ्चको प्रशिक्षक प्रशिक्षण सम्पन्न

जनकपुरधाम, ६ पुष । प्रेस मञ्चका पत्रकारहरूलाई दिइएको प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । जनता समाजवादी पार्टीसम्बद्ध प्रेस मञ्च मधेश प्रदेश समितिले आयोजना गरेको प्रशिक्षणमा पार्टी अध्यक्ष उपेन्द्र यादवले समाजवाद, मधेश र पत्रकारिता विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । त्यस्तै पार्टीका राजनीतिक समिति सदस्य अर्जुन थापाले सामाजिक लोकतन्त्रमा लोककल्याणकारी राज्यको अवधारणा विषयमा प्रशिक्षण दिएका थिए […]
प्रधानमन्त्री दाहालद्वारा इनरुवा सवस्टेशनको उद्घाटन

सुनसरी, ६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्युत् प्राधिकरण इनरुवा सवस्टेशनको उद्घाटन गरेका छन् । शुक्रबार सुनसरीको इनरुवास्थित भोक्राहामा प्रधानमन्त्री दाहालले ४००/२२०/१३२/३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले अहिले ९८ प्रतिशत जनतामा विद्युत पुगिसकेको भन्दै केही समयमै नेपाल सम्पूर्ण रूपमा उज्यालो हुने बताए । आउँदो डेढ वर्षमा शतप्रतिशत जनतामा […]
मन्त्री किरातीलाई बर्खास्त गर्न राप्रपाको माग

काठमाडौँ, ५ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ । बिहीबार पार्टी प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी मन्त्रीको अभिव्यक्तिप्रति गम्भिर आपत्ति प्रकट गर्दछ । संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा […]
कांग्रेस मधेश प्रदेश सम्मेलन: पटक–पटक बोलाउँदा पनि मञ्चमा गएनन् निधि

जनकपुरधाम, ५ पुस । नेपाली कांग्रेसको प्रथम मधेश प्रदेश सम्मेलन बिहीबार जनकपुरधाममा सुरु भएको छ । शुक्रबारसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधिहरू सहभागी भएका छन् । तर, वरीयताको विषयलाई लिएर नेपाली कांग्रेस मधेश प्रदेशको सम्मेलनमा असन्तुष्टि देखिएको छ । तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनमा मर्यादाक्रम मिचेको भन्दै कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले मञ्चमै […]
माओवादी केन्द्रको विधान अधिवेशन फागुनमा

काठमाडाैँ, ५ पुष । नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान अधिवेशन गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान अधिवेशन गर्ने निर्णय गरेको हो । विधान अधिवेशनअघि विधानको मस्यौदा बनाउन सात सदस्यीय मस्यौदा समिति बनाइएको छ । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, […]
प्रधानमन्त्री कप महिला टी–२० : बागमतीद्वारा मधेश पराजित

काठमाडौँ, ५ पुष । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत बागमतीद्वारा मधेश प्रदेश पराजित भएको छ । बिहीबारदेखि काठमाडौँमा सुरु भएको प्रतियोगिताको पहिलो दिनको खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो […]
काठमाडाैँमा अवतरण गरिएको एयर अरेबिया जहाजको शाैचालयमा मृत शिशु फेला

काठमाडाैँ, ४ पुष । यूएईको सारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयर अरेबिया जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ। बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको हो । एक यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् । […]
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा मेनपावरका दुई जना पक्राउ

काठमाडौँ, ४ पुस । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक मेनपावरका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँको पुरानो बानेश्वरस्थित ओसो रिक्रुटिङ मेनपावरका दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ बस्ने मेनपावर सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोकको रोशी […]
बाबर आजम पुन: ओडीआई क्रिकेट वरीयताको शीर्ष स्थानमा

काठमाडौँ, ४ पुष । पाकिस्तानका पूर्वकप्तान बाबर आजम पुन: आईसीसी एकदिवसीय क्रिकेट वरीयताको शीर्ष स्थानमा पुगेका छन् । विश्वकपमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका बाबरको वरीयता लामो सयमपछि खस्किएको थियो । तर, आईसीसीको पछिल्लो वरीयतामा उनले भारतका ओपनर ब्याटर शुभमन गिललाई पछि पार्दै एकदिवसीय क्रिकेटको ब्याटरमा पहिलो नम्बरमा पुगेका हुन् । यसअघि २ वर्षभन्दा बढी समयसम्म […]
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा, ४ पुष । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बुधबार हात्तीको आक्रमणबाट हल्दिबारी गाउँपालिका-२ पाराखोरीका ६० वर्षीय पाठल राजवंशीको मृत्यु भएको हो । बिहान मर्निङ वाकमा गएका बेला घरबाट अन्दाजी २०० को दूरीमा जंगली हात्तीले आक्रमण गरेको थियो । उनी गाउँपालिकाको वडा नम्बर २ मा कार्यालय सहयोगीको रूपमा कार्यरत थिए […]