Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, ५ पुष । नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान अधिवेशन गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

विधान अधिवेशनअघि विधानको मस्यौदा बनाउन सात सदस्यीय मस्यौदा समिति बनाइएको छ । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल तथा सचिवहरू राम कार्की र गणेश साह छन् ।

मस्यौदा समितिलाई १५ दिनभित्र मस्यौदा तयार पारेर १ महिना जिल्ला जिल्लामा छलफल चलाउन बैठकले निर्देशन दिएको सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन् । यसअघि गत साउनमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले मंसिरमा विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।

Laxmi bank
तर भदौ १७ गतेदेखि सुरू भएको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को समयावधि १ महिना थपेर माओवादीले पुस १७ गतेसम्म पुर्‍याएको थियो।

अभियान भने पुस १७ गते नै समापन गर्ने निर्णय भएको सचिव पौडेलले जानकारी दिए।

Nchl
यस्तै, बैठकले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरूका आकांक्षीहरूको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *