Samajik Feed – News Portal from Nepal

झापा, ४ पुष । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बुधबार हात्तीको आक्रमणबाट हल्दिबारी गाउँपालिका-२ पाराखोरीका ६० वर्षीय पाठल राजवंशीको मृत्यु भएको हो ।

बिहान मर्निङ वाकमा गएका बेला घरबाट अन्दाजी २०० को दूरीमा जंगली हात्तीले आक्रमण गरेको थियो । उनी गाउँपालिकाको वडा नम्बर २ मा कार्यालय सहयोगीको रूपमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *