Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, ४ पुष । यूएईको सारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयर अरेबिया जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ।

बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको हो । एक यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् ।

ती यात्रुको ठेगाना खुल्न बाँकी छ । ती महिला यात्रु र मृत शिशुलाई अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *