जनकपुरधाम, ६ पुष । प्रेस मञ्चका पत्रकारहरूलाई दिइएको प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । जनता समाजवादी पार्टीसम्बद्ध प्रेस मञ्च मधेश प्रदेश समितिले आयोजना गरेको प्रशिक्षणमा पार्टी अध्यक्ष उपेन्द्र यादवले समाजवाद, मधेश र पत्रकारिता विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।
त्यस्तै पार्टीका राजनीतिक समिति सदस्य अर्जुन थापाले सामाजिक लोकतन्त्रमा लोककल्याणकारी राज्यको अवधारणा विषयमा प्रशिक्षण दिएका थिए ।
तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारसहित करिब सय प्रतिनिधि सहभागी भएका थिए ।