Samajik Feed – News Portal from Nepal

सुनसरी, ६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्युत् प्राधिकरण इनरुवा सवस्टेशनको उद्घाटन गरेका छन् । शुक्रबार सुनसरीको इनरुवास्थित भोक्राहामा प्रधानमन्त्री दाहालले ४००/२२०/१३२/३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले अहिले ९८ प्रतिशत जनतामा विद्युत पुगिसकेको भन्दै केही समयमै नेपाल सम्पूर्ण रूपमा उज्यालो हुने बताए । आउँदो डेढ वर्षमा शतप्रतिशत जनतामा विद्युत् पुर्‍याउने सरकारले लक्ष्य लिएको पनि उनले बताए । ४०० केभी क्षमताको ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस) मा आधारित यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो ।

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरूलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ । साथै पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र भारततर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि पनि इनरुवा सबस्टेसन अर्को ठूलो हब बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *