Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ४ पुस । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक मेनपावरका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँको पुरानो बानेश्वरस्थित ओसो रिक्रुटिङ मेनपावरका दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ बस्ने मेनपावर सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० की ४० वर्षीया सोफी मल्ल छन् ।

वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने भन्दै उनीहरूले रकम ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् । उनीहरू ओमबाबु साहलाई साउदी अरेबिया पठाइदिने भन्दै एक लाख २५ हजार रकम लिई सम्पर्कविहीन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *