Samajik Feed – News Portal from Nepal

राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ, १५ पुष । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार भएको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको हो । आइतबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन गरेर जाने निर्णय भएको जानकारी दिएका हुन् […]

काठमाडौंबाट एकजनाको अपहरण आरोपमा चार जना पक्राउ

सामाजिक फीड जनकपुरधाम, पुस १५गते । काठमाडौँको चाबहिलबाट रसुवा घर भएका एकजना पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मङ्सिर १० मा भएको भनिएको अपहरण प्रकरण पीडितले प्रहरीलाई खबर गरेपछि मात्रै बाहिरिएको हो ।रसुवा घर भएका हिस्सीछायाँ तामाङ अपहरणमा परेका हुन् । उनले आफूलाई अपहरण गरेर बौद्ध हुँदै जङ्गलमा लगेर फिरौती […]

गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै

काठमाडौँ, १५ पुष । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाइरहेको छ । पुस १५ गते गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छ । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ […]

बंगलादेश–नेपाल बस सेवा सञ्चालन गर्ने तयारी

ढाका । बंगलादेश–नेपाल बस सेवा सञ्चालन गर्ने तयारी भएको छ । बंगलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी) ले नेपाल र भारतमा चारवटा नयाँ अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने तयारी गरेको हो । सस्तो हुने भएकाले धेरै मानिस बसमा यात्रा गर्न इच्छुक देखिएकाले यस्तो योजना बनाइएको हो । बीआरटी अधिकारीहरूका अनुसार चार नयाँ रुटहरूमा चट्टोग्राम–कोलकाता, ढाका–गान्टोक […]

प्रभु साहले भने– ‘अन्तरिम सरकार नबने अर्धसैन्य शक्तिको बलमा समानान्तर सरकार गठन हुन्छ’

रौतहट, १४ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद् प्रभु साहले अन्तरिम सरकार गठन हुनुपर्ने माग गरेका छन् । शनिबार रौतहटको मौलापुरमा पार्टीनिकट आईटी आर्मीको तेस्रो ऐतिहासिक राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष साहले देशलाई ठोस निकास दिन वर्तमान सरकार असफल भएको भन्दै तत्काल विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग गरेका […]

काठमाडाैँमा १५ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ, १४ पुष । काठमाडाैँमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले बुढानीलकण्ठ नगरपालिका-२ भंगाल बस्ने उदयपुरका २४ वर्षीय दिलबहादुर तामाङलाई पक्राउ गरेको हो । उनलाई शुक्रबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । ती किशोरीसँग भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी भएको पनि प्रहरीले जनाएको छ । घटनाको […]

बालकुमारी घटना: नेविसंघद्वारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ, १४ पुष । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाको विरोध गर्दै शनिबार मन्त्रीक्वाटर पुल्चोकमा प्रदर्शन गर्न पुगेका नेविसंघसम्बद्ध विद्यार्थी नेताहरूले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् । गृहमन्त्रीले शान्ति सुव्यवस्था कायम गर्न नसकेको पनि उनीहरूले आरोप लगाएका छन् । उनीहरूले करिब आधा […]

बालकुमारी घटनाको विरोधमा प्रदर्शन, सात जना पक्राउ

काठमाडौँ, १४ पुष । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीले दमन गरेको भन्दै विरोध प्रदर्शन भएको छ । शनिबार माइतीघरमा अभियन्ताहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका हेमराज ढकाललगायतका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बालकुमारीमा भएको घटनामा दुई जनाको मृत्यु भएको थियो । शनिबार बिहान नेविसंघले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै मन्त्री क्वार्टर […]

सिरहामा हत्या गरी जलाएको अवस्थामा युवकको शव भेट्यो

समाजिक फीड जनकपुरधाम, पुस १३ गते । सिरहाको धनगढीमाइ नगरपालिका ६ मा जलेको अवस्थामा एक युवकको शव फेला परेको छ । गगान खोला किनारमा अन्दाजी २६ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । शवको सनाखत हुन नसकेको सिरहाका एसपी टेकु इवा लिम्बुले बताए । उनका अनुसार हत्या गरी युवकलाई जलाएको […]

मन्त्रीको गाडी जलाएको प्रकरणमा अर्को युवकको पनि मृत्यु, छातीमा भेटियो निलडाम

समाजिक फीड- काठमाडौं, पुस १३ गते । ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा घाइते भएका अर्को युवकको पनि मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखका सुजन रावत रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरे। यसअघि डोटीका वीरेन्द्र साहको मृत्यु भएको थियो । आन्दोलनका क्रममा घाइते […]